कोविड़ सिक्किम: कोरोनाकाे दुईवटा नयाँ मामिला

IMG-20230316-WA0282.jpg

गान्तोक: राज्यमा दिन प्रतिदिन कोरोना भाइरसको संख्यामा घटबढ भइरहेको छ। यसै क्रममा आज कोरोनाको दुईवटा नयॉॅं मामिला पेला परेको स्वास्थ्य विभागले जानकारी गराएको छ।

राज्यको स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्ट अनुसार हिजो ३१ जनाले कोरोनाको जाँच गरेका थिए, जसमा पाकिम जिल्लाबाट दुई जनामा संक्रमण पाइएकाे छ। रिपोर्ट अनुसार गान्तोक जिल्लाबाट ११, पाकिम जिल्लाबाट १६ र सोरेङ जिल्लाबाट ४ व्यक्तिले कोरोनाको जाँच गराएका थिए।

हाल राज्यमा कोरोनाको सक्रिया मामिला ७ रहेको छ। रिपोर्ट अनुसार हाल राज्यको दैनिक कोरोना संकमण दर ६.४ प्रतिशत तथा साप्ताहिक संक्रमण दर १ प्रतिशत रहेकाे छ।

कोरोना शुरु भएदेखि हालसम्म राज्यमा मोठ ४४ हजार ३३६ जना कोरोना संक्रमित बनिसकेका छन् जसमध्ये ४३ हजार ४५ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन्। कोरोनाको कारण राज्यमा हालसम्म ५ सय जनाले ज्यान गुमाइसकेका छन्।

About Author

Advertisement