कोविड़ सिक्किम: कोरोनाकाे एउटा नयाँ मामिला

Screenshot_20230316_001630_Samsung-Internet.jpg

गान्तोक: राज्यमा आज कोरोना भाइरसको एउटा नयाँ मामिला फेला परेको राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभागद्वारा जारी दैनिक हेल्थ रिपोर्टमा उल्लेख गरीएकाे छ। रिपोर्टमा उल्लेख गरे आनुसार हिजो कूल ७२ नमूना जाँच गर्दा, गान्तोक जिल्लाबाट कोरोनाभाइरसको एउटा नयाँ मामिला फेला परेकाे छ। ७२ जनाको नमूनामध्ये सर्वाधिक ६२ नमूना गान्तोक जिल्लाबाट, पाकिमबाट ६ जना र सोरेङबाट ४ जनाको नमूना रहेको थियो। हाल राज्यमा कोरोनाको सक्रिया मामिला ४ रहेको छ। राज्यको दैनिक कोरोना संक्रमण दर १ प्रतिशत तथा साप्ताहिक संक्रमण दर ०.६ प्रतिशत दर्ता भएको छ।

कोरोना शुरु भएदेखि हालसम्म राज्यमा मोठ ४४ हजार ३२९ जना कोरोना संक्रमित बनिसकेका छन् जसमध्ये ४३ हजार ४१ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन्। कोरोनाको कारण राज्यमा हालसम्म ५ सय जनाले ज्यान गुमाइसकेका छन्।

About Author

Advertisement