कोविड़ सिक्किम: कुनै नयाँ मामिला अघि आएन

गान्तोक: सिक्किममा दैनन्दिन कोरोनाभाइरस संक्रमणको संख्यामा कमी देखापरिरहेको छ। धेरै दिनदेखि कोरोनाको नयाँ मामिला फाटाक-फुटुक मात्र देखापरिरहेको छ। निरन्तर रूपमा नयाँ मामिलामा ह्रास आएपछि गत एक हप्तामा राज्यमा कोरोना पोजिटिविटी दर शून्य रहेको थियो। आज पनि कुनै नयाँ मामिला अघि न आएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। आज याे राेगले कसैको मृत्यु न भएकाे विभागले जानकारी गराएको छ।

स्वास्थ्य विभागले जानकारी गराए अनुसार, हिजो राज्यभरि ४८ जनाको नमूना जाँच गरेकाेमा, कासैमा संक्रमण पुष्टि भएन। विभागले जारी गरेको कोरोनाको आंकडा अनुसार हाल राज्यमा उपचारधीन रहेका कोरोना रोगीहरूको संख्या दुई रहेको छ। राज्यमा आज कोरोना सकारात्मकता दर ० प्रतिशत दर्ता भएको छ। 

अहिलेसम्म राज्यमा ४३,०३६ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ४४,३२१ जना कोरोना संक्रमित बनिसकेका छन्। राज्यमा अहिलेसम्म कोरोनाले ४९९ जना संक्रमितको मृत्यु भइसकेको छ। 

About Author

Advertisement