कोविड़ भारत: देशमा कोरोनाको सक्रिय मामिलाको संख्या घटेर २,०६७

IMG-20230530-WA0285.jpg

कोरोनाको १०६ नयाँ मामिला, १ जनाकाे मृत्यु भएन

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १०६ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४९,९३,१९६ पुगेकाे छ। विगत २४ घण्टामा छत्तीसगढबाट १ जनाकाे मृत्यु दर्ता भएकाे छ। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३१,८९३ पुगेको छ। यसरी नै यस अवधिमा १८६ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,५९,२२६ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या घटेर २,०६७ रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ८१,४७५ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९३,१६,१६,४३१ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा २१० जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६७,३१,९२५ जनाले यो खोप लगाइसकेको छन्।

About Author

Advertisement