कोविड़ भारत: कोरोनाको ५७१ नयाँ मामिला, २ जनाको मृत्यु

IMG-20230316-WA0251.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ४०३ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४९,९०,०५४ पुगेकाे छ। विगत २४ घण्टामा कुल २ जनाकाे मृत्यु दर्ता भएको छ। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३१,८६६ पुगेको छ। यसरी नै यस अवधिमा ५७१ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,५३,४७९ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८०% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या घटेर ४,७०९ रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ४४,८१२ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९३,०२,०९,६१६ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा ५०० जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६७,०७,५९१ जनाले यो खोप लगाइसकेको छन्।

About Author

Advertisement