कोविड़ भारत: कोरोनाको ४७३ नयाँ मामिला, ७ जनाको मृत्यु

IMG-20230316-WA0250.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ४७३ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४९,८६,९३४ पुगेकाे छ। विगत २४ घण्टामा केरलाबाट मिलाइएको १ जना समावेश गरी कुल ७ जनाकाे मृत्यु दर्ता भएको छ। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३१,८३९ पुगेको छ। यसरी नै यस अवधिमा ९५८ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,४७,४७२ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८०% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या कमेर ७,६२३ रहेको छ। यसरी नै देशमा आज कोरोनाको दैनिक सकारात्मकता ०.७० प्रतिशतमा रेकर्ड गरिएको छ भने साप्ताहिक सकारात्मकता ०.९० प्रतिशत रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ५१,२७४ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९२,९४,८१,४४३ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा ४६८ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६६,९८,६०० जनाले यो खोप लगाइसकेको छन्।

About Author

Advertisement