कोरोनाको ५,३५७ नयाँ मामिला, ११ जनाकाे मृत्यु
नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ५,३५७ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४७,५६,६१६ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले गुजरात मा ३, हिमाचल प्रदेश मा २ र बिहार, छत्तीसगढ़, महाराष्ट्र, ओड़िशा, उत्तर प्रदेश अनि केरल मा १-१ जनागरी कुल ११ जनाकाे मृत्यु भएकाे छ। हालसम्म देशमा यस राेगले मृत्यु हुनेको कुल संख्या ५,३०,९६५ पुगेको छ। यसरी नै यस अवधिमा ३,७२६ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,९२,८३७ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.७४% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या ३२,८१४ रहेको छ। यसरी नै देशमा आज कोरोनाको दैनिक सकारात्मकता ५.६३ प्रतिशतमा रेकर्ड गरिएको छ भने साप्ताहिक सकारात्मकता ३.४७ प्रतिशत रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,५७,८९४ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९२,२७,७१,४१० जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ६५९ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६६,२४,३२२ जनाले यो खोप लगाइसकेको छन्।









