कोविड़ बङ्गाल: कोरोनाको २११ नयाँ मामिला, २४६ जना भए कोरोनामुक्त, २ जनाकाे मृत्यु

SAVE_20210910_193613-1068x716-1.jpg

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, हिजो पश्चिम बङ्गालमा कोरोनाको मोठ २११ नयाँ मामिला अघि आएको छ भने यस रोगले २ जनाको मृत्यु पनि भएकाे छ। यसरी नै यस अवधिमा २४६ जना कोरोनामुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, हिजो ७,८८६ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २६,३३५,७८४ जनाको परीक्षण भएको छ।

हालसम्म बङ्गालमा २१,०८,१८८ जना कोरोनाले संक्रामित भएको छन् भने २०,८४,७४६ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,४७७ जनाले जान गुमाएको छ।

राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.८९℅ र सकारात्मक दर २.६८℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६४,७४४,०५३ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।

About Author

Advertisement