कोविड़ बङ्गाल: आज कोरोनाको २७२ नयाँ मामिला, ४२९ जना भए कोरोनामुक्त, १ जनाकाे मृत्यु

SAVE_20210910_193613-1068x716.jpg

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ २७२ नयाँ मामिला अघि आएको छ भने आज यस रोगले १ जनाको मृत्यु पनि भएकाे छ। यसरी नै यस अवधिमा ४२९ जना कोरोनामुक्त भएका छन्।

हालसम्म बङ्गालमा २१,०५,२२२ जना कोरोनाले संक्रामित भएको छन् भने २०,८०,२९९ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,४४६ जनाले जान गुमाएको छ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, गत २४ घण्टमा १०,००८ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २६,२१६,४८४ जनाको परीक्षण भएको छ।

राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.८२℅ र सकारात्मक दर २.७२℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६४,५९३,७१९ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।

About Author

Advertisement