कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप २२१ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज कसैको मृत्यु भएन।
मन्त्रालयअनुसार हिजो ४,०५८ जनाको कोरोना परीक्षण गरेकोमा २२१ जनामा संक्रमण पुष्टि भएको छ। (१,५१९ जनाको आरटी-पीसीआर परीक्षणमा १२२ जना अनि २,५३९ जनाको एन्टीजेन परीक्षणमा ९९ जना गरी २२१ जना)
देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट २०६ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला २,४४४ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.६℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,४८,९९६ पुगेको छ भने १२,००७ जनाको मृत्यु भएको छ। यसरी नै ९,८३,५३९ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।
अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,१६,८६,०३७ रहेको छ।









