कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ११० जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज १ जनाकाे मृत्यु पनि भएकाे छ।
मन्त्रालयअनुसार हिजो ३,८२७ जनाको कोरोना परीक्षण गरेकोमा ११० जनामा संक्रमण पुष्टि भएको छ। (१,७५२ जनाको आरटी-पीसीआर परीक्षणमा ६० जना अनि २,०७५ जनाको एन्टीजेन परीक्षणमा ५० जना गरी ११० जना)
देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट १२६ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला २,०६२ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.६℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५०,९०९ पुगेको छ भने १२,०१६ जनाको मृत्यु भएको छ। यसरी नै ९,८५,१०३ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।
अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,२३,२४,९३३ रहेको छ(गत २४ घण्टामा खोप को तथ्यांक प्राप्त भएको छैन)











