कोरोनाकाे ५५ नयाँ मामिला, ११ जना भए निको
कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ५५ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट निको हुनेहरकाे संख्या ११ रहेकाे छ। कोरोनाले आज कासैकाे मृत्यु भएन।
मन्त्रालयअनुसार हिजो १,२१६ जनाको कोरोना परीक्षण गरेकोमा ५५ जनामा संक्रमण पुष्टि छ।(६७१ जनाको आरटी-पीसीआर परीक्षणमा ५० जना अनि ५४५ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी कुल ५५ जना)
हाल देशम काेराेनाकाे सक्रिय मामिला ३९६ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५४,४०० पुगेको छ भने १२,०२० जनाको मृत्यु भएको छ। यसरी नै ९,८९,३८४ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।









