कोलकाता मेट्रो: सेप्टेम्बर ५ मा उत्तमकुमार-दक्षिणेश्वर मेट्रोको समय परिवर्तन हुने

IMG-20240904-WA0343

कोलकाता: कोलकाता मेट्रो यात्रुहरूको लागि नयाँ सुविधा सुरु हुँदैछ। सेप्टेम्बर ५ देखि महानायक उत्तमकुमारदेखि दक्षिणेश्वरसम्मको पहिलो मेट्रो सेवा बिहान ६ः५५ बजे सुरु हुनेछ। यो नयाँ सेवा बिहीबारदेखि लागू हुने भएको छ। यससँगै दक्षिणेश्वरबाट कवि सुभाषका लागि बिहान नयाँ सेवा पनि शुरु गरिने भएको छ। यो परिवर्तनपछि महानायक उत्तमकुमारदेखि दक्षिणेश्वर रुटमा सोमबारदेखि शुक्रबारसम्म जम्मा २९० वटा अप र डाउन सेवा चल्ने मेट्रो रेलवेले घोषणा गरेको छ, जुन यसअघि २८८ थियो। यो नयाँ तालिका अनुसार दमदमदेखि कवि सुभाषसम्मको पहिलो मेट्रो बिहान ६ः५० बजे र कवि सुभाषदेखि दक्षिणेश्वरसम्मको पहिलो मेट्रो पनि बिहान ६ः५० बजे छुट्नेछ। तर, बाँकी सेवाहरूको तालिकामा कुनै परिवर्तन नभएको र यो साताभर सामान्य रूपमा चल्ने छ। यात्रुको बढ्दो माग र सुविधालाई ध्यानमा राख्दै मेट्रोले यो समय परिवर्तन गरेको हो। यस बाहेक हावडा मैदान-एस्प्लेनेड शाखामा सेप्टेम्बर १ देखि मेट्रो सेवा सुरु भएको छ र अब मेट्रो सेवाहरू यात्रुहरूका लागि अझ सुविधाजनक हुनेछ।

About Author

Advertisement