कोलकाता कुचबिहारबीच उडान २१ फरवरीदेखि

Aircraft_Photo_001.jpg

काेलकाता: इण्डिया वान नामको एउटा निजी कम्पनीले शनिवार घोषणा आनुसार, उत्तर बंगालको कुचबिहार र सिलगढीलाई जोड्न कोलकाताबाट चॉंड़ै फ्लाइट शुरू हुनेछ।

कम्पनीका सीईओ अरुण कुमार सिंहले भने, हप्तामा लगभग पॉंच उडान कोलकाता कुचबिहारबीच सञ्चालित हुनेछ। उनले भने, २१ फरवरीदेखि फ्लाइट सेवा शुरू हुनेछ। पहिला नौ सीटर फ्लाइट सर्विस शुरू हुनेछ। त्यसपछि, धेरै सीट भएको विमान परिचालन गरिने छ। कोलकाताबाट उडान भर्ने फ्लाइट दिउॅंसो १२:१० बजी कूचबिहार पुग्नेछ र त्यहॉंबाट १२:३० बजी फ्लाइट उड्नेछ। शुरूमा १० दिनसम्म ९९९ रूपियॉं किराय लाग्नेछ। त्यसपछि, ३७५० रूपियॉं लाग्नेछ।

यस अघि केन्द्रिय गृह राज्य मन्त्री निशित प्रमाणिकले विमान सेवा शुरू गर्ने घोषणा गरेका थिए।

About Author

Advertisement