कोलकातामा हृदय रोग विशेषज्ञहरूको वैश्विक सम्मेलन आयोजित

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः आगामी ०७ देखि १० दिसम्बरसम्म कोलकातामा हृदय रोग विशेषज्ञहरूको वैश्विक शिखर सम्मेलन आयोजित गरिनेछ। सम्मेलनमा १० देशका सर्वश्रेष्ठ हृदय रोग विशेषज्ञ सामेल हुनेछन्। कार्डियोलोजिकल सोसाइटी अफ इण्डियाको पहलमा यो सम्मेलन आयोजित गरिन्दैछ।

यस सम्मेलनमा अमेरिका, ब्रिटेन, अर्जेन्टीना, श्रीलङ्का, नेपाल, बांग्लादेश बाहेक धेरै देशहरूका मानिसहरूले हिस्सा लिनेछन्। चर्चाको मुख्य विषय वायु प्रदूषणबाट आफूलाई कसरी बचाउनु? हुनेछ। यस बाहेक चिकित्सामा कृत्रिम बुद्धिमताको उपयोगमाथि पनि चर्चा गरिनेछ। कार्यक्रममा डा. मृणाल कान्ति दास, डा. डीपी सिन्हा, डा. पार्थ सारथी ब्यानर्जी, डा. देबब्रत रोय, डा. काजल गांगुली, डा. धिमान काहिली जस्ता हृदय रोग विशेषज्ञ उपस्थित रहनेछन्।

About Author

Advertisement