कोलकाताः कोलकाता महानगरको बउबजारको एउटा बहुतले भवनको बेसमेन्टमा अवस्थित रासायनिक गोदाममा आगो लागेको छ। उक्त भवनका आवासीय कोठाहरूमा धेरै संख्यामा मानिसहरू बस्छन्। यहॉं शुक्रवार बिहान आगो लाग्दा सनसनी मचियो। आगलागीको सूचना पाउनसाथ पुलिस र अग्निशमन विभागको चार गाडी घटनास्थलमा आइपुग्यो। लगभग दुई घण्टाको अथक प्रयासपछि आगोलाई नियन्त्रित गरियो।
पुलिस सूत्रहरूले बताए अनुसार, सात तले भवनको बेसमेन्टमा राखिएको रासायनिक गोदाममा जब आगो लाग्यो एकपछि अर्को विस्फोट भयो। यस कारण अग्निशमन कर्मीहरूलाइ त्यहॉं प्रवेश गर्न निकै समस्या भएको थियो। यहॉं प्रवेश गर्ने अनि बाहिर आउने केवल एउटा बाटो थियो र त्यो पनि बन्द थियो। यस कारण पनि आगोलाई नियन्त्रित गर्न निकै कठिन भयो। आगो लाग्नुको कारण अहिले स्पष्ट भएको छैन। यस सम्बन्धमा जॉंच गरिने बताइएको छ।
-हिस










