कोलकत्ताका बुद्धिजीविहरू निर्लज्ज, बिकिसकेका छन्: समीर आइच

IMG-20230410-WA0169-11-300x172-4

कोलकत्ताः उत्तर २४ परगनाको सन्देशखालीमा महिलाहरूमाथि भएको अत्याचारलाई लिएर सम्पूर्ण क्षेत्र सक्रिय भइरहेको अवस्थामा विभिन्न मुद्दाहरूमाथि स्वतः सड़कमा उत्रिने कोलकत्ताका बुद्धिजीविहरू भने यस मामिलामा मौन देखिनु गहन चर्चाको विषय बन्न पुगेको छ। वामपन्थी शासनकालमा विभिन्न मुद्दाहरूलाई लिएर कैयौं पटक सड़कमा उत्रिसकेका प्रख्यात चित्रकार समीर आइचले बुद्धिजीविहरूको मौनतामाथि प्रश्न तेर्साएका छन्।

यस सन्दर्भमा उनले प्रश्न गरेका छन्- ”सड़कमा उत्रिनु मात्र होइन यसको लागि धेरै कुरा गर्न आवश्यक छ। तर मलाई यसो भन्नपर्दा अफसोस लागिरहेको छ, कोलकत्ताका बुद्धिजीविहरू यतिसाह्रो निर्लज्ज भएका छन् कि आफ्नो निजी हतहरूको लागि सत्ताधारी पार्टीको हातमा बिकेका छन्। यिनीहरूले हाम्रो आन्दोलनको धारलाई नै बर्बाद बनाइदिएका छन्। बुद्धिजीविहरूको जुन टीम सड़कमा उत्रिन्थ्यो, सत्ता पक्षले त्यसैलाई पूर्ण रूपले नष्ट पारिदिएको छ।”

समीर आइचले सन्देशखाली घटनाको कड़ा निन्दा गर्दै सोझै पुलिसको भूमिकाको आलोचना गरे। उनकै शब्दमा- ”सन्देशखालीमा जे भइरहेको छ, त्यो अकल्पनीय छ। मेरो मुख्यमन्त्रीसित प्रश्न छ, पुलिस प्रशासन कसको पैसाबाट चल्छ? के यो पार्टीको पैसाबाट चल्छ? वा कुनै निजी पैसाबाट चल्छ? तपाईको पार्टीमा जुन मानिसहरूले उत्पात गरिरहेका छन्, उनीहरूलाई बचाउने दायित्व पुलिसले लिएको छ र जो साँचो रूपमा पीड़ित छन्, उनीहरूले मुख खोल्नसाथ जेलमा बन्द गरिँदैछ। यस्तो कति दिनसम्म चल्छ? हामीमध्ये कसैले पनि यस्तो परिवर्तन चाहँदैनन्।”

उल्लेखनीय छ, सन्देशखालीमा महिलाहरूमाथि भएको अत्याचारको विरोधमा क्षेत्रका महिलाहरूले स्वतः सड़कमा उत्रिएका छन्। महिलाहरूले मीडिया समक्ष खुलेर आफ्नो पीड़ा बताए। महिलाहरूद्वारा सामूहिक रूपमा यसरी गम्भीर आरोप लगाइएको कैयौं दिन बितिसक्दा पनि सन्देशखालीको उक्त घटनालाई लिएर बुद्धिजीविहरूको सामूहिक विरोध देख्न पाइएको छैन।

-हिस

About Author

Advertisement