कोलकतामा एडिनो भाइरसले एक अझ नानीको मृत्यु

diagram-of-adeno-virus-particle-structure-vector-19725516.webp

कोलकताः पश्चिम बंगालमा एडिनो भाइरसले एक अझ नानीको ज्यान लिएको छ। यो भाइरसले संक्रमित खडगपुरकी एक छात्राको बिहीवार बिहान कोलकाताको एउटा निजी अस्पतालमा मृत्यु भयो। अस्पताल सूत्रहरू अनुसार, मृत नानीको उमेर १३ वर्ष थियो। उनी खडगपुर निवासी हुन्। सास फेर्न समस्या भएपछि उनलाई १५ फरवरीको दिन अस्पतालमा ल्याइएको थियो र निमोनियाको चपेटमा आएपछि भेण्टिलेटरमा राखिएको थियो। परीक्षणहरूमा उनी एडिनो भाइरसले संक्रमित रहेको थाहा लाग्यो।

बिहीवार बिहान उपचारको क्रममा उनको मृत्यु भयो। यसका साथै कोलकतामा एडिनो भाइरसको संक्रमणका कारण अहिलेसम्म दशजनाको मृत्यु भइसकेको छ।

About Author

Advertisement