कोरोनाको खोप आविष्कार गर्ने दुई वैज्ञानिकलाई नोबेल पुरस्कार

Nobel-Prize

यस वर्षको भौतिक विज्ञान तथा औषधि विज्ञान विधाको नोबेल पुरस्कार अमेरिकी जीव शास्त्रीद्वय कटलिन करिको र ड्रे वायसमानलाई प्रदान गरिएको छ। कोभिड-१९ विरुद्धको प्रभावकारी खोप विकास गर्न सक्षम बनाउने न्यूक्लियोसाइडमा आधारित परिमार्जन सम्बन्धी खोज गरेको आधारमा उनीहरुलाई नाबेल पुरस्कार प्रदान गरिएको हो। सन् २०२० को अन्त्यमा न्यूक्लियोसाइडमा आधारित दुई अत्यधिक सफल खोपहरूको अनुमोदन गर्न कटलिन करिको र ड्रे बायसमानको भुमिका महत्वपुर्ण रहेको भन्दै पुरस्कार प्रदान गरिएको हो। सो खोपले कोरोना कालमा लाखौँ मानिसको ज्यान जोगाएको थियो। सन् १८९५ मा स्वीडेनका वैज्ञानिक अल्फ्रेड नोबेलको नाममा स्थापित यो पुरस्कार भौतिक शास्त्र, रसायन शास्त्र, जीवशास्त्र, साहित्य, शान्ति, चिकित्सा र अर्थशास्त्र विधानमा प्रदान गरिन्छ। नोबेल पुरस्कार विजेतालाई बाह्र लाख अमेरिकी डलर प्रदान गर्ने गरिन्छ।

About Author

Advertisement