कोभिड़ सिक्किम: राज्य बन्यो कोरोनामुक्त

IMG_20210619_080404.jpg

गान्तोक: राज्यमा केही दिनदेखि यता कोरोना संक्रमित रोगीहरूको संख्यमा कमी देखापरिरहेको छ। आज राज्यको कुनै पनि  जिल्लाबाट एक जना पनि कोरोना संक्रमित रोगी  फेला नपरेको राज्यको स्वास्थ्य विभागले बताएको छ। यसरी नै आज राज्यमा कोरोनाले कसैको मृत्यु भएन भने निकोहुनेहरुको संख्यापनि शून्य रहेको छ।

राज्य स्वास्थ्य विभागले जनाए अनुसार हाल राज्यमा उपचारधीन संक्रमित रोगीहरूको संख्यापनि शून्य रहेको छ।

हिजो कूल ६९ जनाले रेपिड एन्टीजेन टेस्ट र आरटीपीसीआर जाँच गरेका थिए, जसमा एक जनाको पनि  पोजिटीभ रिपोर्ट नआएको विभागले बताएको छ।

आजको राजाको सकारात्मकता दर शून्य प्रतिशत रहेको छ। हालसम्म राज्यमा ३७,९६६ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ३९,१६५ जना कोरोना संक्रमित बनिसकेका छन्। यस रोगको कारण हालसम्म ४५२ जनाको मृत्यु भइसकेको छ।

About Author

Advertisement