कोभिड़ सिक्किम: राज्यमा ११ जना कोरोना संक्रमित उपचाराधीन

IMG_20210910_192109-1-1.jpg

गान्तोक: केही महिनासम्म कोरोनामुक्त बनेको सिक्किम राज्यमा पूनः कोरोना संक्रमित रोगीहरू देखिन थालेको छ। आज राज्यमा १ जना कोरोना संक्रमित रोगी फेला परेको राज्यको स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। आज यो रोगले कसैको मृत्यु नभएको राज्यको स्वास्थ्य विभागले बताएको छ।

स्वास्थ्य विभागले जानकारी गराए अनुसार हिजो कूल ८७ जनाले रेपिड एन्टीजेन टेस्ट र आरटीपीसीआर जाँच गरेको मा, राज्यमा १ जनामा संक्रमण पुष्टि भएको छ। विभागले जारी गरेको कोरोनाको आंकडा अनुसार हाल राज्यमा ११ जना कोरोना रोगीहरू उपचारधीन रहेका छन्।

अहिलेसम्म राज्यमा ३७,९६६जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ३९,१७८ जना कोरोना संक्रमित बनिसकेका छन्। हालसम्म यस रोगको कारण हालसम्म ४५३ जनाको मृत्यु भइसकेको छ।

About Author

Advertisement