गान्तोक: राज्यमा आज कोरोनाको ४ वटा नयाँ मामिला फेला परेको राज्यको स्वास्थ्य विभागले बताएको छ। यसरी नै आज राज्यमा कोरोनाले कसैको मृत्यु भएन भने कोही निको पनि भएनन्।
हिजो कूल १३१ जनाले रेपिड एन्टीजेन टेस्ट र आरटीपीसीआर जाँच गरेको मा ४ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितहरू सबै पूर्व सिक्किमबाट रहेका छन्। राज्य स्वास्थ्य विभागले जनाए अनुसार हाल राज्यमा उपचारधीन संक्रमित रोगीहरूको संख्या ५ रहेको छ।
आज राज्यको सकारात्मकता दर आज ३ प्रतिशत दर्ता भाएको छ। हालसम्म राज्यमा ३७,९६६ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ३९,१७० जना कोरोना संक्रमित बनिसकेका छन्। यस रोगको कारण हालसम्म ४५२ जनाको मृत्यु भइसकेको छ।









