कोभिड़ सिक्किम: राज्यको कुनै जिल्लामा कोरोना संक्रमित भेटिएन

IMG_20210910_192109-1-1.jpg

गान्तोक: राज्यमा केही दिनदेखि यता कोरोना संक्रमित रोगीहरूको संख्यमा कमी देखापरिरहेको छ। आज राज्यको कुनै पनि जिल्लाबाट कोरोना संक्रमित रोगी फेला नपरेको राज्यको स्वास्थ्य विभागले बताएको छ। विभागले जारी गरेको कोरोनाको हाल राज्यमा सात जना कोरोना संक्रमित रोगीहरू उपचारधीन रहेका छन् भने आजको रिकोभरी दर हेर्नु हो भने ९८.८ प्रतिशत रहेको छ भने पोजिटीभिटी दर ०.० प्रतिशत रहेको छ। हिजो कूल ४९ जनाले रेपिड एन्टीजेन टेस्ट र आरटीपीसीआर जाँच गरेका थिए जसमा सबैको रिपोर्ट नेगाटिभ आएको छ। हालसम्म राज्यमा ३७,९५५ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ३९,१६१ जना कोरोना संक्रमित बनिसकेका छन्। यस रोगको कारण हालसम्म ४५२ जनाको मृत्यु भइसकेको छ।

About Author

Advertisement