गान्तोक: केही महिनासम्म कोरोनामुक्त बनेको सिक्किम राज्यमा पूनः कोरोना संक्रमित रोगीहरू देखिन थालेको छ। आज राज्यमा १ जना कोरोना संक्रमित रोगी फेला परेको र १ जना निको भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। राज्यमा आज यो रोगले कसैको मृत्यु भएन।
स्वास्थ्य विभागले जानकारी गराए अनुसार हिजो कूल ५२ जनाले रेपिड एन्टीजेन टेस्ट र आरटीपीसीआर जाँच गरेको मा, पूर्व जिल्लाबाट १ जनामा संक्रमण पुष्टि भएको छ। विभागले जारी गरेको कोरोनाको आंकडा अनुसार हाल राज्यमा १२ जना कोरोना रोगीहरू उपचारधीन रहेका छन्। आज कोरोना सकारात्मकता दर १.९ प्रतिशत दर्ता भएको छ।
अहिलेसम्म राज्यमा ३७,९६७ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ३९,१८१ जना कोरोना संक्रमित बनिसकेका छन्। हालसम्म यस रोगको कारण हालसम्म ४५३ जनाको मृत्यु भइसकेको छ।









