कोभिड़ नेपाल: नेपालमा आज थप १२ जना कोरोनाले ग्रसित, १३ जना भए कोरोनामुक्त

IMG_20220324_152109.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप १२ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने आजपनि यो रोगले कसैको मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो ३,३८७ जनाको परीक्षण गरेकोमा १२ जनामा संक्रमण पुष्टि भएको छ। (२,२३८ जनाको आरटी-पीसीआर परीक्षणमा ८ जना अनि १,१४९ जनाको एन्टीजेन परीक्षणमा ४ जना गरी १२ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट १३ जना निको भएका छन् भने हाल १२४ जना सक्रिय संक्रमित रहेका छन्। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,१९,३४१ पुगेको छ भने ११,९५२ जनाको मृत्यु भएको छ। यसरी नै ९,६७,०३७ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल संख्या १,९८,०४,८६३ पुगेको छ।

About Author

Advertisement