कोभिड-१९ को मामिला अघि आएकोमा उक्त विद्यालयलाई एक हप्ताको निम्ति बन्द गरिने

गान्तोक: सिक्किमको कुनै पनि विद्यालयमा कोभिड-१९ को मामिला अघि आएको खण्डमा उक्त विद्यालयलाई एक हप्ताको निम्ति बन्द गरिने छ। शिक्षा विभागद्वारा आज जारी गरिएको एउटा परिपत्रमा उक्त जानकारी दिइएको छ।

परिपत्रमा उल्लेख गरिए अनुसार, राज्यभरिका विद्यालयहरूबाट कोभिड-१९ को बढ्दो मामिलालाई ध्यानमा राख्दै स्वास्थ्य एवं परिवार कल्याण विभागको परामर्शमा यस्तो निर्णय लिइएको हो। प्रमुख शिक्षा अधिकारीले प्रभावित विद्यालयहरूमा साफ सफाईको कार्य गर्नेछन्।

यसैगरी, संस्थान प्रमुखहरूलाई भारत सरकारको शिक्षा मन्त्रालय, राज्य शिक्षा विभाग र शिक्षा विभागले जारी गरेका कोभिड प्रोटोकल, मानक सञ्चालन प्रक्रिया र दिशानिर्देशहरू सुनिश्चित गर्ने जिम्मेवारी सुम्पिएको छ।

About Author

Advertisement