कोलकाता: राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ ११३ नयाँ मामिला अघि आएको छ भने आज यस रोगले १ जनाको मृत्यु पनि भएको छ। यसरी नै यस अवधिमा ५५ जना कोरोनामुक्त पनि भएको छन्।
हालसम्म बङ्गालमा २०,२०,४०९ जना कोरोनाले संक्रामित भएको छन् भने १९,९८,४१५ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,२०६ जनाले जान गुमाएको छ।
स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, गत २४ घण्टमा ४,६०३ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २५,४०९,१११ जनाको परीक्षण भएको छ।
राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.९१℅ र सकारात्मक दर २.४५℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६२,९६४,९७३ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।









