कोभिडका कारण बङ्गालमा भाजपा सत्तामा आउन नसकेको जेपी नड्डाको भनाई  

JP-Nadda-1-1

कोलकाता: पश्चिम बङ्गालका जनतालाई सम्पर्क गर्दै भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाले बिहीबार भने, ‘पार्टीले बंगाली गौरव जोगाउन आफ्नो लडाई जारी राख्नेछ र यस गौरवलाई घटाउन खोज्नेहरूको पर्दाफाश गर्नेछौं।’ यहाँ एक बैठकलाई सम्बोधन गर्दै नड्डाले अझ भने,  ‘यदि कोभिड महामारीको दोस्रो विनाशकारी लहरले चुनाव अभियानलाई असर नगरेको भए गत वर्षको विधानसभा चुनाव पछि भाजपा राज्यमा सत्तामा आउने थियो। हामीले बंगाली गौरवलाई कायम राख्न र लड्न आवश्यक छ। बंगाली स्वाभिमानलाई कमजोर पार्ने प्रयास गर्नेहरूलाई हामीले पर्दाफाश गर्नुपर्छl’ ‘हामी आशावादी छौं कि अर्को पटक हामी सत्तामा आउनेछौं (राज्यमा) र ब्रिगेड परेड ग्राउन्ड (कोलकातामा) हाम्रो विजयी र्‍याली गर्नेछौं,” नड्डाले भने।

About Author

Advertisement