कोपा देल रेः रियल म्याड्रिड च्याम्पियन

IMG-20230507-WA0116.jpg

७ मईः रियल म्याड्रिडले सीजनको पहिलो खिताब जित्यो। शनिवार राति खेलिएको कोपा देल रे टुर्नामेण्टको फाइनलमा रियल म्याड्रिडले ओसासुनालाई २-१-ले पराजित गरी ट्रफी जित्यो। स्पेनको यस घरेलु नक्आउट टुर्नामेण्टमा रियललाई ट्रफी दिलाउमा रोड्रिगोको प्रमुख भूमिका रह्यो। ब्राजीलका यस युवा स्ट्राईकरले टीमको निम्ति फाइनलमा दुवै गोल गरे। टुर्नामेण्टमा रियल म्याड्रिडको यो २०१४ पछि पहिलो खिताब हो। सेविलेको मैदानमा भएको म्याचमा रियल म्याड्रिडले ५९ प्रतिशत पोजेशनको साथ खेले पनि ओसासुनाले लड़ाकू प्रदर्शन गरेर सबैलाई चकित बनायो। रोड्रिगोले दोस्रो मिनटमै रियल म्याड्रिडलाई बढ़त दिलाए पनि लुकास टोर्रोले ५८औं मिनटमा गोल गरी ओसासुनालाई १-१-को बराबरीमा पुऱ्याए। अन्तमा रोड्रिगोले ७०औं मिनटमा अझ एक गोल गरी रियल म्याड्रिडलाई ट्रफी दिलाए। टुर्नामेण्टको इतिहासमा आफ्नो दोस्रो फाइनल खेलिरहेको ओसासुनाले अन्तिम समयमा निक्कै प्रयास गरे पनि पराजयलाई टार्न सकेन।

About Author

Advertisement