कोपा अमेरिका २०२४: ब्राजील र कोलम्बिया नक्आउट राउण्डमा

IMG-20240703-WA0130

न्यूयोर्क: अमेरिकामा जारी कोपा अमेरिका २०२४ फूटबल टुर्नामेण्टमा ग्रुप डी-बाट कोलम्बिया र ब्राजीलले क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। यसरी कोस्टा रिका र पाराग्वेले चाहिँ ग्रुप चरणमै विदा लियो। बुधवार बिहान ब्राजील र कोलम्बियाबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो। क्यालिफोर्नियाको लिवाइस स्टेडियममा ५१ प्रतिशत पोजेशनको साथ खेल्ने ब्राजीललाई राफिन्हाले शुरुमै बढ़त दिलाए। बार्सिलोनाबाट खेल्ने यस फरवर्डले १२औं मिनटमा गोल गरे। त्यसपछि कोलम्बियाले पनि मध्यान्तर अघि नै म्याचमा बराबरी हासिल गरे। डेनियल मुनोजले इञ्ज्युरी टाइमको दोस्रो मिनटमा गोल गरी कोलम्बियालाई १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि रहल समयमा दुवै टीमले गोल गर्न नसक्दा म्याच ड्र भयो। यस ग्रुपको अन्य एउटा म्याचमा कोस्टा रिकाले पाराग्वेलाई २-१-ले पराजित गऱ्यो। म्याचमा केवल ३२ प्रतिशत पोजेशनको साथ खेले पनि कोस्टा रिकाको शुरुवात असल रह्यो अनि पहिलो हाफको सात मिनटसम्म टीमले २-०-को बढ़त हासिल गरिसकेको थियो। फ्रान्सिस्को काल्वोले तेस्रो र जोसिमार एलसोकेरले सातौं मिनटमा गोल गरी पाराग्वेमाथि दबाउ सृष्टि गरे। शुरुमै धक्का खाएपछि पाराग्वेले लगातार आक्रमण गर्न थाल्यो तर मध्यान्तरसम्म स्कोरमा कुनै फेरबदल भएन। दोस्रो हाफको खेलमा चाहिँ रामोन सोसाले ५५औं मिनटमा पाराग्वेको निम्ति गोल गरे पनि कोस्टा रिकालाई म्याच जित्नदेखि रोक्न सकेनन्। यी दुईवटा म्याचको समाप्तिसँगै टुर्नामेण्टको ग्रुप चरणमा समाप्त भयो। अब ५ जुलाईमा खेलिने पहिलो क्वार्टर फाइनलमा अर्जेण्टिना र इक्वेडोरबीच भिड़न्त हुनेछ। यसरी दोस्रो क्वार्टर फाइनल भेनेजुएला र कनाडाबीच ६ जुलाईमा खेलिनेछ। कोलम्बियाले ७ जुलाईमा पनामाको सामना गर्नेछ। यसरी ब्राजील र उरुग्वेबीच टुर्नामेण्टको चौथो क्वार्टर फाइनल पनि ७ जुलाईमै खेलिनेछ। फाइनल म्याच १५ जुलाईमा हुनेछ।

About Author

Advertisement