टेक्सास: गोलकीपर एमिलियानो मार्टिनेजको उत्कृष्ट प्रदर्शनको दममा गत च्याम्पियन अर्जेण्टिनाले प्रतिष्ठित कोपा अमेरिका २०२४ फूटबल टुर्नामेण्टको सेमिफाइनलमा स्थान बनायो। शुक्रवार बिहान खेलिएको पहिलो क्वार्टर फाइनल म्याचमा अर्जेण्टिनाले लड़ाकू इक्वेडोरलाई पेनल्टी शूटआउटमा ४-२-ले पराजित गऱ्यो। यसअघि नियमित र अतिरिक्त समयको खेलपछि स्कोर १-१-को बराबरीमा रहेको थियो। पेनल्टी शूटआउटमा चाहिँ अर्जेण्टिनाई गोलकीपर मार्टिनेजले विपक्षी टीमको पहिलो दुईवटा प्रयासलाई रोकेर आफ्नो टीमलाई जीत दिलाए। पेनल्टी शूटआउटमा अर्जेण्टिनाबाट लियोनल मेस्सीले चाहिँ गोलीलाई नेटमा हाल्न सकेनन्। यसअघि एनआरजी स्टेडियममा ५१ प्रतिशत पोजेशनको साथ खेल्ने अर्जेण्टिनालाई लिसान्द्रो मार्टिनेजले ३५औं मिनटमा बढ़त दिलाए। त्यसपछि इक्वेडोरले दोस्रो हाफको शुरुमै गोल गर्ने मौका पाएको थियो तर एनर भालेन्सियाले ६२औं मिनटमा पेनल्टीबाट गोल गर्न सकेनन्। अन्तमा केविन रोड्रिगेजले इञ्ज्युरी टाइमको पहिलो मिनटमा गोल गरी इक्वेडोरलाई १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि रहल समय अनि अतिरिक्त समयको खेलमा गोल हुन नसक्दा म्याच पेनल्टी शूटआउटसम्म पुग्यो, जसमा अर्जेण्टिनाले जीत हासिल गऱ्यो। अब शनिवार खेलिने दोस्रो क्वार्टर फाइनलमा भेनेजुएला र कनाडाबीच भिड़न्त हुनेछ। म्याच बिहान ६:३० बजीदेखि शुरु हुनेछ।









