कोइला तस्करी मामिलामा सीआईडीद्वारा राज्य पुलिसका तीन अधिकारी सोधपुछ

कोलकाता: सीआईडीले कोइला तस्करी मामिलामा शनिबार सोधपुछको निम्ति राज्य पुलिसका थप तीन अधिकारीलाई बोलाएको छ। यसमा माथाभांगाका सीआई अजय कुमार मण्डल (पहिले बाराबनी थाना र रानीगंज थानाका ओसी), बराकरका आईसी राजशेखर मुखोपाध्याय (पहिले अन्डाल थानाका ओसी) र रघुनाथगंजका आईसी पार्थ घोष (पहिले अन्डाल थानाका ओसी) सामेल छन्। ज्ञात होस्, सीबीआई बाहेक सीआईडीले पनि कोइला तस्करी मामिलाको जाँच गरिरहेछ। सीआईडीले एसआईटीको गठन गरी २०२१ देखि जाँच गरिरहेछ।

कोइला तस्करी मामिलाको जाँचको निम्ति सीआईडीका अधिकारीले गत केही दिनदेखि राज्यका विभिन्न खनन क्षेत्रहरूका प्रभारी र पुलिस अधिकारीहरूलाई सोधपुछको निम्ति बोलाइरहेछ। यही क्रममा सीआईडी अधिकारीहरूले शनिबार राज्य पुलिसका थप तीन अधिकारीलाई सोधपुछको निम्ति बोलाएको छ। मूल रूपमा उनीसित सोधपुछ गरी सीआईडीले त्यस समय उनीहरूको भूमिका जान्न चाहन्छ। सीआईडीका अधिकारीहरूले उनीहरूसित सोधपुछ गरी के उनीहरूलाई कोइला तस्करीबारे केही थाहा थियो, यदि थाहा थियो भने उनीहरूले यसलाई रोक्नका लागि के-कस्तो कदम उठाए, यो जान्ने प्रय़ास गरिरहेछ। उल्लेख्य, केन्द्रीय जाँच एजेन्सी सीबीआईले कोइला तस्करी मामिलाका धेरै अहम जानकारीहरू जुटाईसकेको छ। धेरै पुलिस अधिकारी केन्द्रीय एजेन्सीको जाँचको परिधिमा छन्। यसबीच सीआईडी पनि सक्रिय भएको छ। राज्य पुलिसका विभिन्न अधिकारीहरुलाई सोधपुछको निम्ति बोलाइँदैछ।

About Author

Advertisement