कोइला तस्करी मामिलामा ईडीद्वारा विनय मिश्रालाई आर्थिक अपराधी घोषित गर्ने माग  

ED-3

कोलकाता: पश्चिम बङ्गालको चर्चित कोइला तस्करी मामिलामा धन शोधनको जाँच गरिरहेको प्रवर्तन निदेशालय (ईडी) ले मामिलाको आरोपित विनय मिश्रालाई आर्थिक अपराधी घोषित गर्ने माग गरेको छ। यसको निम्ति दिल्लीको पटियाला अदालतमा आवेदन गरिएको छ। कोलकाता स्थित ईडी स्रोतहरूले जानकारी गराएको छ, विनय मिश्रालाई धेरै पल्ट नोटिस दिइयो। त्यसविरूद्ध लुकआउट नोटिस पनि जारी गरियो, तर उनको कुनै खोज खबर छैन। यसैले उनलाई आर्थिक अपराधी घोषित गर्ने माग गरिएको छ ताकि वानतुआ नामको जुन द्वीपमा स्थायी नागरिकता लिएर मिश्रा बसिरहेछ, त्यहाँबाट उसको प्रत्यर्पण गराउन सकियोस्। उल्लेख्य, पश्चिम बङ्गालको कोइला तस्करी मामिला १३ हजार करोड़ रूपियाँको छ।

About Author

Advertisement