के-लीगः जर्जियन एफसी-को रोमाञ्चक जीत

photocollage_2023522195435375.jpg

२२ मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा जर्जियन एफसी-ले रोमाञ्चक जीत हासिल गऱ्यो। स्थानीय मेला ग्राउण्डमा सोमवार खेलिएको म्याचमा शुरुमै गोल खाए पनि जर्जियन एफसी-ले कालेबुङ जिल्ला पुलिसलाई २-१-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट कुञ्जमान थापा र प्रवीण सुब्बाले गोल गरे। यसरी कालेबुङ पुलिसबाट प्रवेश छेत्रीले १ गोल गरे। जर्जियन एफसी-का सन्दीप आलेलाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ। यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। मंगलवार खेलिने म्याचमा युनाइटेड ब्रदर्स र बोंग एफसी-बीच भिड़न्त हुनेछ। म्याच दिउँसो १ बजीदेखि शुरु हुनेछ।

About Author

Advertisement