के पार्थ च्याटर्जी मास्टरमाइन्ड?

Partha-Chatterjee

कोलकाता: ‘पार्थ च्याटर्जी शिक्षक भर्ती घोटाला प्रकरणका ‘मास्टरमाइन्ड’ हुन्। अर्पिता मुखर्जीको भ्रष्टाचारमा कुनै भूमिका छैन’, सोमबार अर्पिताकी वकिलले अदालतमा उभिएर यी कुरा भने। अर्पिता लामो समयपछि प्रवर्तन निदेशालय (ईडी) को विशेष अदालतमा व्यक्तिगत रूपमा हाजिर भएकी हुन्। उनको जमानत निवेदनको सुनुवाइ चलिरहेको थियो। यसै क्रममा उनका वकिलले अर्पिता यस अवस्थाको शिकार भएको दाबी गरे। सोमबार अदालतमा अर्पिताले वकिलमार्फत भनिन्, ‘मेरो घरबाट करोडौं रुपियाँ र गहना बरामद गरियोl तर म परिस्थितिको शिकार हुँl’

About Author

Advertisement