के दुई हजारको नोट नछाप्ने आरबीआईको निर्णय

00-1-2000-Note

नयाँ दिल्ली: आरबीआईले अब दुई हजार रुपियाँको ब्यांक नोट छाप्ने छैन। भारतीय रिजर्भ ब्यांकले दुई हजार रुपियाँको सबैभन्दा ठूलो नोटलाई लिएर ठूलो निर्णय गरेको छ। रिजर्भ ब्यांकका अनुसार दुई हजार दरको नोट कानुनी रूपमा कायम रहने तर यसलाई चलनबाट बाहिर निकालिनेछ। भारतीय रिजर्भ ब्यांकले देशका ब्यांकहरूलाई तत्काल प्रभावबाट दुई हजार रुपियाँको नोट जारी गर्न बन्द गर्न सल्लाह दिएको छ। ‘क्लिन नोट नीति’अन्तर्गत रिजर्भ ब्यांकले यो निर्णय गरेको हो। ३० सेप्टेम्बर २०२३ सम्म ब्यांकमा दुई हजार रुपियाँका नोटहरू जम्मा गर्न सकिनेछ। रिजर्व ब्यांकका अनुसार २३ मई २०२३ देखि कुनै पनि ब्यांकमा २० हजार रुपियाँका नोट एकै पटक अन्य मूल्यका नोटहरू साट्न सकिने छ, नोट परिवर्तन गर्ने सीमा २० हजार रुपियाँ छ। सन् २०१६ मा रिजर्भ ब्यांकले नोटबन्दी गरेपछि रिजर्भ ब्यांकले दुई हजार रुपियाँको नोट जारी गरेको थियो। विगत केही महिनादेखि बजारमा दुई हजार दरका नोट कम देखिन थालेका छन्। एटीएमबाट दुई हजारको नोट पनि ननिस्किरहेको मानिसहरुले बताएका छन्।

About Author

Advertisement