केही राज्यहरूमा ‘द केरला स्टोरी’मा लगाएको रोकविरूद्ध सर्वोच्च अदालतमा याचिका

00-1-The-Kerala-Story-5

नयाँ दिल्ली: सर्वोच्च अदालतले ‘द केरला स्टोरी’ लाई लिएर दर्ता नयाँ याचिकामा जून महिनाको पहिलो सातामा सुनवाई गर्ने भएको छ। पुनीत कौर बाजवाको तर्फबाट दर्ता याचिकामा धेरै राज्यहरूमा फिल्ममाथि लागेको रोकलाई हटाउने माग गरिएको छ। यसका साथै फिल्म हेर्न आउने दर्शक र सिनेमाघरहरूको सुरक्षा सुनिश्चित गर्ने माग पनि गरिएको छ।

याचिकामा हिन्दू केटीहरूको अवैध धर्मान्तरणको मामिला पनि उठाइएको छ। याचिकामा अदालतले राज्यहरूलाई धर्मान्तरणलाई लिएर सख्त कारबाही गर्ने निर्देश दिने र राज्यहरूबाट कारबाहीबारे रिपोर्ट माग्ने माग गरिएको छ। याचिकामा पश्चिम बङ्गाल, केरला, तमिलनाडु, राजस्थानलाई पक्षकार बनाइएको छ। उल्लेख्य, ‘द केरला स्टोरी’ मा पश्चिम बङ्गाल र तमिलनाडूमा रोकविरूद्ध फिल्मका निर्माताले पनि सर्वोच्च अदालतमा याचिका दर्ता गरेका छन्। १२ मईमा यस याचिकामा सुनवाई गर्दै पश्चिम बङ्गाल र तमिलनाडू सरकारलाई नोटिस जारी गरेको थियो। सुनवाईमा अदालतले पश्चिम बङ्गाल र तमिलनाडू सरकारलाई जब पूरा देशमा फिल्म चलिरहेछ भने आफ्नो राज्यमा किन रोक लगाइएको भनी सोधेको थियो। -हिस

About Author

Advertisement