केन्द्र र राज्य सरकारको योजना कार्यान्वयन गर्न मिलेर काम गर्नुपर्छः मन्त्री खरेल

IMG-20220913-WA0170.jpg

गान्तोक: भर्खर मात्र महिला एवम बाल विकास विभागको पदभार सम्हालेका मन्त्री सञ्जीत खरेलले आज विभागलाई अधिकारीहरूलाई लिएर समन्वय सभा आयोजना गरे। लुम्सेस्थित समाज कल्याण भवनमा आयोजित सभामा राज्यका सबै जिल्लामा रहेका विभागका अधिकारीवर्गले सहभागिता जनाएका थिए। सभालाई सम्बोधन गर्दै मन्त्री खरेलले सर्वप्रथम यसरी स्वागत जनाएकोमा सबैलाई धन्यवाद दिँदै कृतज्ञता प्रकट गरे। उनले राज्यका विपन्न र आवश्यकतामा परेका महिला तथा बालबालिकासँग प्रत्यक्ष जोडिएको महिला तथा बाल विकास विभागसँग काम गर्न पाउँदा आफूलाई खुशी लागेको बताए। उनले केन्द्र र राज्य सरकारले परिकल्पना गरेका हरेक नीतिलाई प्राप्त र कार्यान्वयन गर्न विभागले मिलेर काम गर्नुपर्ने सुझाउ दिए। उनले सशक्तिकरण प्रक्रियालाई तीव्रता दिने नीति तथा कार्यक्रमका लागि पदाधिकारीहरुलाई सुझाव दिए। मन्त्री खरेलले विभागको विस्तृत छलफल र कार्यशैलीका आधारमा थप हस्तक्षेप गरी विभागलाई सबै लक्ष्य हासिल गर्न अगाडि बढाउने प्रयास गर्ने आश्वासन दिए। उनले विभागको महत्वलाई आफूले बुझेको र समाजका कमजोरवर्गका लागि विभागले गर्ने सबै सामाजिक कल्याणकारी कामलाई प्रवर्द्धन गर्ने अवगत गराए। उनले सबै विभागका अधिकारीहरूलाई योजना लागु गरेर राज्यका लाभार्थीहरूलाई फाइदा पुर्‍याउन आफ्नो प्रयास जारी राख्न प्रोत्साहित गरे। अन्तमा उनले विभागको कामलाई सुचारु बनाउन आफूले सहकार्य र समन्वय गरेर काम गर्ने आश्वासन दिए।

About Author

Advertisement