केन्द्रीय श्रम एवं रोजगार मन्त्रीद्वारा चौथो चरणको त्रैमासिक रोजगार सर्वेक्षण प्रतिवेदन जारी

नयाँ दिल्ली: केन्द्रीय श्रम एवं रोजगार मन्त्री भूपेन्द्र यादवद्वारा अखिल भारतीय त्रैमासिक प्रतिष्ठान आधारित रोजगार सर्वेक्षणको (एक्युईईएस) अंशको रूपमा त्रैमासिक रोजगार सर्वेक्षणको (क्युईएस) चौथो चरणको प्रतिवेदन (जनवरी-मार्च,२०२२) जारी गरिएको छ।

गैर कृषि प्रतिष्ठानहरूमा कूल रोजगारको अधिकांश भागअन्तर्गत पर्ने दुवै संगठित अनि असंगठित श्रेणीमा पर्ने नौवटा चयनित क्षेत्रसित सम्बन्धित रोजगार तथा परिवर्तीहरूको त्रैमासिक अनुमान प्रदान गर्न श्रम कार्यालयले एक्युईईएस सम्पन्न गर्दछ। चुनिएका नौवटा क्षेत्रमा विनिर्माण, निर्माण, कारोबार, परिवहन, शिक्षा, स्वास्थ्य, अतिथि निवास एवं रेस्तुराँ, आइटी/ बीपीओ र वित्तीय सेवा सामेल छन्।

अखिल भारतीय त्रैमासिक प्रतिष्ठान आधारित रोजगार सर्वेक्षणमा (एक्युईईएस) दुई घटक सामेल छन् प्रथम ‘त्रैमासिक रोजगार सर्वेक्षण (क्युईएस)’ र दोस्रो ‘क्षेत्र ढाँचा प्रतिष्ठान सर्वेक्षण (एएफईएस)’। पहिलो दसजना वा यसभन्दा धेरैलाई रोजगार प्रदान गर्ने र दोस्रो नौजना वा यसभन्दा कमलाई रोजगार प्रदान गर्ने प्रतिष्ठानमा पर्दछ। अर्थनीतिको संगठित क्षेत्रमा रोजगार तथा सम्बन्धित परिवर्तीका सम्बन्धमा महत्त्वपूर्ण जानकारी जुटाउने उद्देश्यका साथ क्युईएस अप्रेल २०२१ मा एक्युईईएसको अंशको रूपमा शुरु गरिएको थियो। प्रत्येक त्रैमासिकमा करिब १२ हजार प्रतिष्ठानबाट जानकारी जुटाइन्छ। यस सम्बन्धमा प्रथम प्रतिवेदन अप्रेल-जून २०२१ अवधिका लागि सेप्टेम्बर २०२१ मा जारी गरिएको थियो।

चौथो त्रैमासिक प्रतिवेदन जारी गर्दै केन्द्रीय मन्त्रीले अर्थनीतिको चुनिएका क्षेत्रमा रोजगारको वृद्धिशील प्रवृत्ति देखिएको जानकारी दिएका छन्। अनुमानित रोजगार तेस्रो त्रैमासिकको (सेप्टम्बर-दिसम्बर २०२१) ३.१४ करोडबाट बढेर चौथो त्रैमासिकमा (जनवरी-मार्च २०२२) ३.१८ करोड पुगेको थियो। उल्लेखयोग्य कुरा के छ भने यी नौवटा चुनिएका क्षेत्रमा कूल रोजगारलाई छैटौं आर्थिक गणनामा (२०१३-१४) सामूहिक रूपमा २.३७ करोड रहेको बताइएको थियो।

त्रैमासिक रोजगार सर्वेक्षणको प्रतिवेदन माग आधारित साथै आपूर्ति आधारित अर्थात् सामयिक श्रमबल सर्वेक्षण (पीएलएफएस) भएको हुँदा यसले देशमा रोजगार सम्बन्धी तथ्याङ्कको अन्तरलाई पाट्नेछ।

चौथो त्रैमासिक रोजगार सर्वेक्षण प्रतिवेदनका प्रमुख मुख्यांश निम्न प्रकार छन्:

  • तेस्रो त्रैमासिकको ३.१४ करोडको तुलनामा चौथो चरणमा ५.३१ प्रतिष्ठानमा अनुमानित कूल ३.१८ करोड श्रमिक कार्यरत थिए।
  • विनिर्माण क्षेत्रमा सबैभन्दा धेरै प्रतिशतमा (३८.५%) श्रमबल रहेको थियो जसपछि शिक्षा क्षेत्रमा २१.७%, आइटी/ बीपीओमा १२% र स्वास्थ्य क्षेत्रमा १०.६% श्रमबल रहेको थियो।
  •  प्रतिष्ठानको आकारको हिसाबले (श्रमिकको सङ्ख्या), अनुमानित ८०% प्रतिष्ठानले १० देखि ९९ श्रमिक खटाउने गरेका थिए। यदि १० वा यसभन्दा धेरै श्रमिक रहेको प्रतिष्ठानको मात्र हिसाब गर्नु हो भने यो आँकडा ८८% पुग्दछ। करिब १२% प्रतिष्ठानमा दसभन्दा कम श्रमिक रहेको थियो।
  •  केवल १.४% प्रतिष्ठानमा कम्तिको ५०० श्रमिक रहेको थियो। यस्ता विशाल प्रतिष्ठान केवल आइटी/ बीपीओ र स्वास्थ्य क्षेत्र रहेका थिए।
  •  महिला श्रमिकहरूको सहभागिता तेस्रो त्रैमासिकको ३१.६% बाट आंशिक रूपमा बढ्दै चौथो त्रैमासिकमा ३१.८% पुगेको थियो। तथापि, स्वास्थ्य क्षेत्र भने महिला श्रमबलको सहभागिता ५२% रहेको थियो भने शिक्षा, वित्तीय सेवा, अनि आइटी/ बीपीओ क्षेत्रमा क्रमशः ४४%, ४१% र ३६% रहेको थियो। उल्लेखनीय कुरा के छ भने वित्तीय सेवामा स्वरोजगारको परिप्रेक्ष्यमा पुरुषका तुलनामा महिलाहरूको संख्या धेरै रहेको थियो। -पीआईबी

About Author

Advertisement