मङ्गन: सिक्किम भ्रमणमा रहेका केन्द्रीय संसदीय मामिला तथा अल्पसंख्यक मामिला मन्त्री किरेन रिजिजू मङ्गन जिल्ला आइपुगे। उनी उत्तर सिक्किमको दुई दिने भ्रमणमा छन्।केन्द्रीय मन्त्रीलाई मानुल क्षेत्रमा रहेको ग्रेफ शिविर कार्यालयमा मङ्गन जिल्लाका जिल्ला अधिकारी अनन्त जैन, पुलिस अधीक्षक एल. बी. छेत्री, शिविरका कमान्डिङ अफिसर क्याप्टेन सुरज तथा अन्य वरिष्ठ अधिकारीहरूले स्वागत गरे। उनका साथमा समाज कल्याण विभागकी सचिव सारिका प्रधान, विशेष सचिव सत्येक प्रधान तथा प्रसिद्ध चलचित्र गायक मोहित चौहान पनि उपस्थित थिए।रिजिजूलाई मङ्गन जिल्ला प्रहरीले गार्ड अफ अनर प्रदान गर्यो।

यसअघि उनलाई जिल्लाको प्रवेश बिन्दु काबी क्षेत्रमा उपजिल्ला अधिकारी मोनिका राई र मङ्गनका उपपुलिस अधीक्षक रिङ्कु वाङ्मु भोटियाले पनि स्वागत गरे। त्यसपछि उनी लाचुङतर्फ प्रस्थान गर्नु अघि स्थानीय अधिकारीहरूको मेसमा केही समय विश्राम गरे।










