केन्द्रीय शिक्षा राज्यमन्त्री तीन दिवसीय सिक्किम आउने

IMG-20230512-WA0312.jpg

गान्तोक: केन्द्रीय शिक्षा राज्यमन्त्री डा. सुभाष सरकार १३-१५ मई, २०२३ सम्म सिक्किमको तीनदिने भ्रमणको लागि भोलि गान्तोक आइपुग्ने कार्यक्रम रहेको छ। आफ्नो बसाइँको क्रममा डा. सरकारले गान्तोक र पाकिममा सांसद/विधायकहरू र सिक्किम सरकारका जिल्ला अधिकारीहरूसँग केन्द्र सरकारका सबै योजनाहरूको समीक्षा बैठकको अध्यक्षता गर्नेछन्‌। समीक्षा बैठकपछि केन्द्र सरकारका विभिन्न योजनाका लाभार्थीहरूसँग अन्तरक्रिया गरिनेछ। उनले सिक्किमका राज्यपाल र मुख्यमन्त्रीसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ। डा. सुभाष सरकार १५ मई, २०२३ को दिन यहॉंबाट सिलगढ़ी प्रस्थान गर्नेछन्‌ र त्यहॉंको रेल अङ्गिसर्स क्लबमा १६ मई, २०२३ मा रोजगार मेलामा सहभागी हुनेछन्‌। रोजगार मेलाको अवसरमा भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भिडियो सम्मेलनमार्ङ्गत नियुक्ति पत्र बॉंड्ने भएका छन्‌। (पीआईबी)

About Author

Advertisement