केन्द्रिय रक्षा मन्त्री राजनाथ सिंहसॅंग राज्यपाल आचार्यले गरे भेट

IMG-20240131-WA0247.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज नयॉं दिल्लीमा केन्द्रिय रक्षा मन्त्री राजनाथ सिंहसॅंग शिष्टाचार भेट गरेर राज्यको सुरक्षा र अन्य विकासमूलक गतिविधिहरूको सम्बन्धमा चर्चा गरेका छन्। उक्त जानकारी राजभवनले आज जारी एक प्रेस विज्ञप्तिमा दिएको छ।

राज्यपालले सिक्किममा आएको बाढ अवधि आफ्नो कर्त्तव्य निर्वाह गर्दै शहीद बनेका २२ वीर जवानहरूको स्मृतिमा सिङतामस्थित बरदाङमा ‘प्रेरणा स्थल’ निर्माण योजनाको प्रस्ताव केन्द्रिय रक्षा मन्त्री समक्ष राखे। यस अन्तर्गत वीर जवानहरूको स्मृतिमा एउटा समर्पित स्थल निर्माण गर्ने योजना छ। यो स्थल वीर जवानहरूलाई समर्पित रहनेछ र उनीहरूको शौर्य गाथाहरू साझा गर्नेछ।

यो स्थलबाट वीरता र उनीहरूका बलिदानलाई समर्पित गर्दै मानवीय सन्देश पनि प्रस्तुत गरिने छ। साथै सबै वीर जवानहरूका परिवारहरूप्रति आफ्नो सम्मान व्यक्त गर्नु पनि यो प्रस्ताव गरिएको हो।

About Author

Advertisement