दार्जिलिङ: केन्द्रमा रहेको भारतीय जनता पार्टीको सरकारले पाँचवटा राज्यको १५ वटा विभिन्न जातिहरूलाई जनजातिको मान्यता दिएको विषयमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा दार्जिलिङमा पत्रकार सम्मेलन गरिएको छ। उक्त पत्रकार सम्मेलनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव अमर लामा, केन्द्रीय सह सचिव ज्योतिकुमार राई, केन्द्रीय प्रवक्ता दुर्गा खरेल, युवा शक्तिको केन्द्रीय महासचिव सदीप प्रधान आदि उपस्थित थिए। पत्रकार सम्मेलनमार्फत् भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव अमर लामाले केन्द्र सरकारले १५ वटा जातिहरूलाई जनजातिको दर्जा दिएको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै प्रधानमन्त्रीको अध्यक्षतामा देशको पाँचवटा राज्यको १५ वटा जातिहरूलाई जनजातिको दर्जा दिएको छ। तर हामी गोर्खाहरूका रहल ११ जात गोष्ठीलाई पनि जनजातिक दर्जा दिनुपर्छ भनी पटक पटक मांग गर्दा पनि नदिएको बताएका छन्। पार्टी महासचिव अमर लामाले भने, ‘अहिलेसम्म गोर्खाहरूको ११ जात गोष्ठीलाई जनजातिको दर्जा नदिनुको कुनै कारण छैन। यो मुद्दालाई क्याबिनेटले पारित गर्दो रहेछ तर हाम्रो ११ जात गोष्ठीको मुद्दा आईजीआईले रध्द गरेको भनी भनियो तर अहिले बुझ्दा केवल क्याबिनेटले पारित गर्दा हुने कुरा रैछ। राजनैतिक इच्छा शक्तिको कुरा त रैछ। तर गोर्खाहरूको मुद्दालाई किन केन्द्रको भारतीय जनता पार्टीको सरकारले राजनैतिक इच्छा शक्ति देखाउँदैन? केन्द्रमा रहेको भारतीय जनता पार्टीको सरकारले गोर्खाहरूलाई केवल सानी आमाको व्यवहार गरेको छ। उनीहरूले केवल झुटो आश्वासन दिएर यहाँबाट चुनाव जित्ने मात्र लक्ष्य राखेका छन् गोर्खाल्याण्डको कुरा त छोडौं तर ११ जनजातिको मांगलाई पनि पूरा नगरेर हामीलाई अवहेलना गरिएको छ। केवल अन्याय र अत्याचार गरेको छ।’
महासचिव अमर लामाले पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा आगामी १९ सेप्टेम्बरदेखि हुने जीटीएको सभामा गोर्खाहरूको रहल ११ जात गोष्ठीलाई जनजातिको दर्जा दिनु पर्ने मांगमा प्रस्ताव पारित गरेर राज्य र केन्द्र सरकार समक्ष मांग गर्ने बताएका छन्। उनले पहाड़मा दुईजना विधायक र एकजना सासंद भाजपाको रहेको र गोर्खाहरूको ११ जात गोष्ठीलाई जनजातिको दर्जा किन नदिइएको विषयमा जवाब दिनुपर्छ भनी मांग गरेका छन्।










