सिलगढी: एसटीएफ-ले कोकराझारबाट उग्रवादी सङ्गठन केएलओ प्रमुख जीवन सिंहको नजिकका मानिने दुई जना व्यक्तिलाई पक्राउ गरेको छ। यसरी पक्राउ गरिएका व्यक्तिहरुमा के एल ओ सदस्यहरू भनि चिन्हित गरिएको छ।ति दुई व्यक्तिहरु उत्तम राय (२४) र निर्मल दास (२८) सामेल छन्। एसटीएफ सूत्र अनुसार गत ४ जूनको दिन असममा एकजना व्यवसायी सुनील मण्डललाई पैसा नदिएपछि गोली हिर्काएको थियो। यस वाहेक अन्य एकजना व्यवसायीसित रूपियाँको माग गरिएको थियो। व्यवसायीलाई गोली चलाएको काण्डमा कोकराझार जिल्ला अन्तर्गत शेरफांगगुढी थाना पुलिसले उत्तम राय र निर्मल दासलाई गत ५ जूनमा पक्राउ गरेको थियो। पक्रा पर्नेहरू दुवै जना हाल कोकराझार जेलमा न्यायिक हिरासतमा छन्।











