कृष्ण प्रणामी धर्मसभाको स्वर्ण जयन्ती महोत्सवमा सांसद विष्टको सहभागिता

FB_IMG_1768584789656

कालेबुङ: दार्जिलिङ लोकसभा सांसद राजु विष्टले आज भगवान श्री कृष्णको आशिर्वादले, कालेबुङ स्थित श्री कृष्ण प्रणामी धर्मसभा, शाखा-१७ द्वारा आयोजित स्वर्ण जयन्ती महोत्सव, ५१ पारायण, तथा श्री कृष्ण प्रणामी सत्संग भवनको उद्घाटन समारोहमा सहभागी हुने अवसर पाए। यसबारेमा सांसदले सामाजिक संजाल मार्फत सत्संग भवनले भविष्यमा यहाँका आध्यात्मिक तथा समाजोपयोगी गतिविधिहरूलाई अझ प्रभावकारी र व्यवस्थित बनाउने विश्वास लिएको व्यक्त गरे। यस पुण्य अवसरमा सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ-गोलेको पनि उपस्थिति रहेको थियो।
संजाल मार्फत सांसदले कथा-वाचन, दिव्य वचन तथा सांस्कृतिक-आध्यात्मिक कार्यक्रमहरूद्वारा सम्पूर्ण श्रद्धालुहरूलाई लाभान्वित गराउने मंगलधाम कालेबुङका पीठाधीश्वर परम पूज्य गुरुजी १०८ श्री मोहन प्रियाचार्य जी महाराज, सिंगताम, सिक्किमबाट पधार्नु भएका आदरणीय श्री रोहित राज जी महाराज साथै अन्य सम्पूर्ण सन्तगण, कथा वाचक तथा सांस्कृतिक कर्मीहरूप्रति विशेष धन्यवाद व्यक्त गरे।


यस महोत्सव अन्तर्गत आयोजना गरिएका वाणी चर्चा, श्रीमद्भागवत् कथा, धार्मिक शिविर तथा विविध सांस्कृतिक कार्यक्रमहरूले सांसदलाई मात्र होइन, यहाँ उपस्थित सम्पूर्ण भक्तजनहरूलाई गहिरो आध्यात्मिक आनन्द र मानसिक शान्ति प्रदान गरेको छ भनि सांसदले संजालमा उल्लेख गरे।
यस्ता निर्मल र उदात्त कार्यक्रम मार्फत आध्यात्मिक सुखको अनुभूति गर्ने सुनौलो अवसर प्रदान गरेकोमा आयोजक समितिप्रति सांसदले हृदयदेखि नै कृतज्ञता व्यक्त गरे भने आयोजक समिति तथा सम्पूर्ण गुरुजनहरूप्रति पुनः श्रद्धा सुमन व्यक्त गरे।

About Author

Advertisement