कृषि विश्वविद्यालयमा जीटीएको लागि आरक्षण बढाइनु पर्ने कृषि मन्त्रीसित माग

IMG-20230316-WA0266.jpg

दार्जिलिङ: गोर्खाल्याणेड क्षेत्रीय प्रशासन क्षेत्रका विद्यार्थीहरूको निम्ति कृषि विश्वविद्यालयमा भर्नाको लागि आरक्षण बढाइनु पर्ने मांगलाई लिएर राज्यका कृषि विभागीय मन्त्री सोभन देव च्याटर्जीसित राज्यको मुख्यालय नवन्ना कोलकतामा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका डेपुटी चेयरमेन राजेश चौहान अनि कृषि विभागका भारप्राप्त सभासद सतिश पोखरेलले भेट गरेका छन्। उल्लेखनीय रहोस् गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन क्षेत्रका विद्यार्थीहरूका निम्ति हाल बीएससी (कृषि)-को निम्ति केवल २ वटा सिट आरक्षण राखिएको छ भने यसको संख्या बढोत्तरी गरेर १० वटा गरिनु पर्ने माग गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको प्रतिनिधले भेटेर मांग गरेको बताइएको छ।

About Author

Advertisement