कृषि मन्त्री लोकनाथ नेपालले राज्यपालसित भेट

गान्तोक: एसकेएम सरकारको कृषि मन्त्री लोकनाथ नेपालले आज सिक्किमका राज्यपाल गंगा प्रसादलाई तिनके राजभवनमा भेट गरे। यस सौहार्द्रपूर्ण भेट अवधि मन्त्री नेपालले मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्ग निर्देशनमा सिक्किम राज्यको कृषिसँगै कृषक समुदायको अर्थव्यवस्थामा सुधारबारे वर्तमान परिदृश्य साझा गरे। तिनले सम्पूर्ण कृषक समुदायको तर्फबाट सम्मान स्वरूप राज्यपाल गंगा प्रसादलाई राज्यको कृषि उत्पादहरू प्रदान गरे। यस अवसरमा राज्यपाल गंगा प्रसादले कृषि क्षेत्रमा सुधाएर भएकोबारे बोल्दे आत्मनिर्भर राज्यको लागि अझ निरन्तर प्रयास गर्नको निम्ति प्रोत्साहित गरे।

About Author

Advertisement