गान्तोक: भारतीय कृषि अनुसन्धान केन्द्रले पाक्योङको अर्डिड अनुसन्धान केन्द्रको सहयोगमा कृषकहरुको अधिकार संरक्षण उत्पादन अधिकार र बिरुवाको विविधतामाथि एक दिवसीय कार्यक्रम सम्पन्न गऱ्यो। रानीपुलको कृषि विकास केन्द्रमा आयोजित कार्यक्रममार्फत कृषकहरुलाई उल्लेखित विषयमाथि जागरुकता गराउने कार्य पूरा गरिएको थियो। सिक्किम, प्राकृतिक जैव-स्रोत र विविध वनस्पति प्रजातिहरूले धनी राज्य भएकाले यस्ता सम्पत्तिहरुको संरक्षणको लागि पर्याप्त अवसरहरू प्रदान गर्ने विषयमाथि स्रोतवक्ताहरुले जोड़ दिएका थिए। मुख्यगरि, ग्रामीण कृषकहरुलाई पर्यावरणीय चेतना, यस अवस्थाहरू गरिने खेती, विभिन्न प्रजातिका उत्पादहरुबारे जानकारी दिइएका थिए। यसअन्तर्गत उनीहरुलाई प्रदान गरिने कानुनी अधिकारहरूबारे पनि जागरुक गराइएको थियो। कार्यक्रममा भारतीय कृषि अनुसन्धान केन्द्रका नोडल अधिकारी डा. कलवननले सिक्किममा विभिन्न प्रजातिको बाली र यसको विविधता, विशेषताहरू र विशिष्टताको महत्त्वबारे बताएका थिए। डा. प्रकाश शर्माले स्थानीय जर्मप्लाज्मका विशेषताहरूबारे प्रकाश पार्दै कानुनी ग्यारेन्टीको महत्त्वमा जोड दिए। कार्यक्रममा रुम्तेक, रिनाक र सुदुङ्लखाका ३३ कृषकहरुको सहभागिता रहेको थियो।









