कुशल समूहद्वारा आदिवासी कल्याणका लागि म्याराथन

IMG-20240216-WA0199

कोलकाता: पश्चिम बंगालका पिछडिएका जिल्लाका रूपमा चिनिने पुरुलिया र जंगलमहल क्षेत्रमा औद्योगिक एकाइ स्थापना गरी स्थानीय जनतालाई रोजगारी र पर्यटन विकासका लागि आवश्यक होटल तथा रिसोर्टको विकास गरी पर्यटकलाई विश्वस्तरको सुविधा उपलब्ध गराउने कुशल भारत समूहले एक अभिनव म्याराथन परिकल्पना गरेको एक प्रेस विज्ञप्तिमा बताएको छ। २५ फरवरी (आइतबार) अयोध्या पहाडको चुचुरोमा रहेको कुशल पल्ली रिसोर्टमा आयोजना हुने यस म्याराथनको सन्देश ‘आदिवासीहरूका लागि दौड अर्थात् आदिवासी कल्याणका लागि दौड’ बताइएको छ। यस अवधारणाको व्याख्या गर्दै कुशल भारत समूहका नेता नरेशकुमार अग्रवालले पुरुलिया जिल्लाको झल्डामा जन्मेर हुर्केकाले यस जिल्लाप्रति विशेष लगाव रहेको बताए। यो पिछडिएको जिल्लालाई विकासको दौडमा सामेल गर्ने उनको सपना रहेको बताएका छन्। अग्रवालले औद्योगिक प्रतिष्ठानको सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना हुने यो म्याराथन स्टेट ब्यांक अफ इण्डिया, मर्चेन्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, उपभोक्ता मामिला विभाग, पश्चिम बंगाल सरकार, रोटरी क्लब अफ पुरुलिया, पुरुलिया पत्रकार संघले आयोजना गर्न लागेको जानकारी दिए।

About Author

Advertisement