कुवैत विरुद्ध सुनिल छेत्रीको बिदाई म्याचको निम्ति भारतीय टीमको घोषणा

IMG-20240524-WA0302.jpg

भुवनेश्वर: कुवैत विरुद्ध ६ जूनमा खेलिने फिफा वर्ल्ड कप क्वालीफाईंग म्याचको निम्ति भारतीय २७ सदस्यीय फूटबल टीमको घोषणा गरियो। यो भारतीय कप्तान तथा दिग्गज फरवर्ड सुनिल छेत्रीको अन्तिम अन्तर्राष्ट्रिय म्याच हुनेछ। टीममा फरवर्ड पार्थिब गोगोई र डिफेण्डर मोहम्मद हम्मादले चाहिँ चोटले गर्दा स्थान बनाउन सकेनन्। मुख्य प्रशिक्षक इगोर स्टीमाकले कलकत्तामा हुने यस म्याचको निम्ति टीमको घोषणा गरे। भुवनेश्वरमा भएको शिविरमा सामेल ३२ खेलाड़ीहरूमा फुर्बा लाचेन्पा, पार्थिब, इमरान खान, हम्माद र जितिन एमएस-लाई चाहिँ रिलीज गरिएको छ। टीमको घोषणा गरेपछि स्टीमाकले भने, यी सबै पेशादार र मेहनती छन्। यी खेलाड़ीहरूबीच कड़ा प्रतिस्पर्धा रहेको छ। पार्थिब र हम्मादलाई केही दिन अघि चोट लागेको थियो अनि यी दुईलाई एक-दुई हप्ता आरामको आवश्यकता छ। टीममा सामेल खेलाड़ीहरूले भुवनेश्वरमै अभ्यास गर्नेछन् अनि २९ मईमा कलकत्ता आउनेछन्। कलकत्ताको म्याचपछि भारतीय टीम ११ मईमा कुवैत जानेछ अनि त्यहाँ म्याच खेल्नेछ। भारत अहिले ४ वटा म्याचमा ४ पोइण्ट्स लिएर ग्रुपमा दोस्रो स्थानमा रहेको छ। सुनिल छेत्रीको बिदाई म्याचलाई लिएर भारतीय फूटबलप्रेमीहरूमा व्यापक उत्साह रहेको छ। सुनिलले भारतको निम्ति १५० वटा म्याच खेलेर ९४ गोल गरेका छन्।
भारतीय टीमः
गोलकीपरः गुरप्रीत सिंह संधू, अमरिन्दर सिंह, विशाल कैथ।
डिफेण्डरः अमय रणवाडे, अनवर अली, जय गुप्ता, लालचुंगनुंगा, मेहताब सिंह, नरेन्दर, निखिल पुजारी, राहुल भेके, शुभाशिष बोस।
मीडफिल्डरः अनिरुद्ध थापा, ब्रेण्डन फर्नाण्डिस, एडमण्ड लालरिण्डिका, जेकसन सिंह, एल छांगटे, लिस्टन कोलाको, महेश सिंह नाओरेम, नन्दकुमार शेखर, सहल अब्दुल समद, सुरेश सिंह
फरवर्डः डेविड एल, मनवीर सिंह, रहीम अली, सुनिल छेत्री, विक्रम प्रताप सिंह

About Author

Advertisement